×

सार्वजनिक यातायात व्यवसायीहरूको प्रदर्शन, माग पुरा नभए देशभरि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा

images

सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे मागसहित चरणबद्ध आन्दोलन थालेका छन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो झण्डा राखी विरोध र्‍याली निकालिएको हो। समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ। 

८ वटा संघ/संगठनले १९ गतेदेखि देशभरि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका पनि छन्। यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सारेका छन्। उनीहरूले सवारी ऐनको व्यवस्थासँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याएका नियमहरू खारेज गर्न माग गरेका छन्।

विशेषगरी, गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालनका लागि ल्याएको नियमावली तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो नियमावलीले सार्वजनिक यातायातलाई असर पारेको व्यवसायीहरूले बताएका छन्।

संघर्षका कार्यक्रमका मागहरु यस्ता छन् :

१.बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं।

२.विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं।

३.बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरि संघीय सरकारले तयार पारेको मापदण्ड यथासिघ्र लागुगरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं।

आइतबार​ १९ जेठ २०८२ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया