नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि, एक जनाको मृत्यु

    images

    काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ । एक जना मंकीपक्स संक्रमितको मृत्यु भएको हो ।

    नाइजेरियामा शंकास्पद ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । मंकीपक्सबाट मानिसको मृत्यु भएपछि नाइजेरियामा थप सतर्कता अपनाइएको छ ।

    यसअघि कंगोमा ९ जनाको मृत्यु भइसकेको छ । कंगोमा यो वर्ष मात्रै ४ सय ६५ संक्रमित फेला परेकोमा ९ जनाको संक्रमणका कारण मृत्यु भएका हो ।

    बांदर र मुसाको सम्पर्कमा रहेकाहरू संक्रमित हुने यो रोग अहिले अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ ।

      बुधबार १८ जेठ २०७९ १२:३३ PM मा प्रकाशित

      प्रतिक्रिया