घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नयाँ मूल्य बिहीबार बिहानदेखि लागू गरिएको निगमले जनाएको छ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। निगमले नयाँ मूल्य उपभोक्तालाई राहत दिने उद्देश्यले समायोजन गरिएको जनाएको छ।

    बिहीबार १८ बैशाख २०८२ १०:३१ AM मा प्रकाशित

    प्रतिक्रिया