×

मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग बनाउने तयारी

images

काठमाडौं, चैत १८ । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन् । यसअघि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका श्रेष्ठ शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा उपप्रधानसहित गृह मन्त्री भएका हुन् ।

श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मिटरब्याजपीडितका समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गरेका हुन् ।

‘मन्त्रीज्यूले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार मिटरब्याजपीडितका समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुहुन्छ,’ गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव जितेन्द्र बस्नेतले भने, ‘मन्त्रिपरिषद्ले आयोग गठन गर्ने प्रावधान छ ।’

उनले आइतबारसम्म मन्त्रिपरिषद्बाट आयोग गठन हुनसक्ने बताए । ‘केही छलफल र पूर्वतयारी गर्नुपर्ने होला। सम्भवतः पर्सी आइतबार) सम्म त्यसले मूर्त रूप पाउला,’ सहसचिव बस्नेतले भने । पछिल्लो समय काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितको मागअनु(सार गृहमन्त्री श्रेष्ठले उच्चस्तरीय जाँचबुझ आयोग गठनको तयारी गरेका हुन् । आजको नागरिक दैनिकबाट

शनिबार १८ चैत २०७९ ०८:४७ AM मा प्रकाशित

प्रतिक्रिया