×

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

images

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ।

प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन्।  यस्तै मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको  छ। यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम छन्। 

लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन्। सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।

बुधबार १७ फागुन २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया