काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभा सुर्खेतमा आयोजना हुने भएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले फागुन १४–१५ मा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ ।
संघ आफैंले आयोजना गरेको प्रतिष्ठित भनिएको नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङमा साझेदार संस्था सेभेन थ्रीकै प्रत्यक्ष संग्लग्नता भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया