×

मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य

images


काठमाडौँ, १४ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
    
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए । 

    नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक/एक विकेट लिए ।    नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
 

मङ्गलबार १४ कात्तिक २०८० ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया