×
images

मधेस प्रदेशको पाँचौपटक मन्त्रिपरिषद् विस्तारको तयारी पूरा : को-को बन्दैछन् मन्त्री ? (नामावलीसहित)

जनकपुरधाम । मधेस प्रदेश सरकारको पाँचौपटक मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज (सोमबार) पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । 

मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक र बिना विभागीय जसपाका एक मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् । 

मन्त्री हुनेमा कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री, जसपाबाट बिना विभागीय मन्त्री सुरिता साह श्रम तथा यातायात मन्त्री बन्ने पक्का छ । 

सत्तारूढ दलहरूले मन्त्रीको नाम सिफारिस गरेर मुख्यमन्त्री यादवलाई बुझाइ सकेको स्रोत बताउँछ । यद्यपि उनीहरूलाई मन्त्रीको रूपमा नियुक्त भने गरिनसकेको बताइएको छ । 

स्रोतका अनुसार आजै उनीहरूलाई मन्त्रीको जिम्मेवारी तोकेर अपराह्न ५ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।
 
 

सोमबार १५ साउन २०८० ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया