×
images

प्रधानमन्त्री र ओलीबीच कुरा नमिलेपछि दिउँसो १ बजे आह्वान गरिएको संसद् बैठक प्रभावित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच कुरा नमिलेपछि संसद् बैठक प्रभावित बनेको छ । 

आज (सोमबार) दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको उक्त बैठक प्रचण्ड र ओलीबीच कुरा मिल्न नसकेपछि प्रभावित बनेको हो । 

विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । भेटमा ठोस निष्कर्ष निष्कन नसकेपछि अहिलेसम्म पनि बैठक बस्न सकेको छैन । 

‘भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले ओलीलाई अवरुद्ध संसद्लाई गति दिन आग्रह गरेका थिए । तर, त्यसमा ओली सकारात्मक नभएपछि संसद् अस्तिको जस्तै आज पनि प्रभावित हुने जस्तो देखिएको छ, प्रधानमन्त्र्ीको स्रोतले भन्यो ।’

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याउँदै सदन अवरुद्ध पार्दै आइरहेको छ । 
  
 

सोमबार १५ साउन २०८० ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया