×
images

संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार मन्त्रिपरिषद्‌मा पेश हुँदै, बढ्यो सर्वाधिक चासो 

काठमाडौं । सर्वाधिक चासोको रूपमा हेरिँदै आएको संघीय शिक्षा ऐनको मस्यौदा भोलि (मंगलबार) बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । 

मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्ने बताइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

सम्भवतः मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्नेछ । त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसद्मा पेश हुनेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद् बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको स्रोत बतायो । 
 

सोमबार १५ साउन २०८० ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया