×
images

सर्भास नेपालका सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सर्भास नेपालका सदस्यहरूबीच हालै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

भ्रमण तथा अतिथि सत्कारको माध्यमबाट मानवबीच विश्वमा शान्ति प्रवद्र्धन गर्ने अभिप्रायबाट प्रेरित  सर्भास का सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

सो कार्यक्रममा संस्थाका पूर्व राष्ट्रिय सचिव तथा सल्लाहकार शिव श्रेष्ठले संस्थाका उद्देश्य, महत्व र आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सदस्यहरू माझ साट्नु भएको थियो । सो अनुभवबाट नयाँ सदस्यहरूले आफूहरूलाई हौसला प्राप्त भएको बताउनुभयो । 

त्यसैगरी संस्थाका अतिथि सत्कार समन्वयकर्ता अशोक मानन्धरले संस्थाका विविध विषयमा छलफल तथा सस्थाका गतिविधिबारे आफ्ना भनाइ राख्नुभयो । 

शान्ति समन्वयकर्ता राजकुमार गुरुङले संस्थाको भावी कार्यक्रम र आगामी सेप्टेम्बर २१ मा संस्थाले मनाउनुपर्ने शान्ति दिवसबारे पनि स्मरण गराउनुभयो ।  

त्यस्तै संस्थाका राष्ट्रिय सचिव दिनेश त्रिपाठीले सर्भासको उद्देश्य र विश्वमा शान्ति प्रवद्र्धनका लागि आफ्ना अनुभव तथा भनाइ राख्नुभएको थियो । 

भ्रमण तथा अतिथि सत्कारको माध्यमबाट मानवहरूबीच विश्वमा शान्ति प्रवद्र्धन गर्ने अभिप्रायबाट प्रेरित सर्भास अन्तर्राष्ट्रिय संस्था हो ।  यो कार्यक्रम गत शुक्रबार सम्पन्न भएको थियो । 
 

सोमबार १५ साउन २०८० ०५:५४ PM मा प्रकाशित

प्रतिक्रिया