काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्ववियुले राष्ट्रपतिनिवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको धितालले जानकारी दिए । प्रहरीले प्रदर्शनमा उत्रिएका ८ जनालाई गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
प्रतिक्रिया