काठमाडौं । पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालले मिटर व्याजी पीडितलाई काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा बस्न नदिएको प्रति आपत्ति जनाएकी छिन् ।
राष्ट्रिय सभा बैठकमा उनले मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको प्रति असन्तुष्टि जनाउँदै पिडकको संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्।
पैदल हिँडेर काठमाडौँमा पीडाको औषधी पाइन्छ कि भनेर न्याय माग्न आएका पीडितलाई महानगरले खुल्ला मञ्चमा पस्न नदिनु उनीहरूको लागि पहिलो गाँसमै ढुङ्गा जस्तो भएको उनको धारणा छ ।
उनले भनिन् ‘ खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रैछ । मधेसबाट आउने मधेसी महिलाहरूले त्यहाँ खुट्टा टेक्न नपाउने ।’
पीडितसंग आफूले बुधबार प्रत्यक्ष भेट्दा पीडितले मिटरव्याजी राजनीतिक दलको संरक्षणमा रहेको बताएको भन्दै उनले सबै राजनीतिक दलहरूले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन् ।
दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण गरिरहेकोले पीडितले न्याय पाउन ढुक्क हुन सक्ने अवस्था नभएको गुनासो गरेको बताउँदै राजनीतिक दलले कार्यकर्ता मार्फत मिटरब्याजीलाई संरक्षण गरेको भए त्यसको अन्त्य गर्नुपर्ने र संरक्षण दिनु नहुने बताइन् ।
उनले सरकारलाई कानूननले नचिन्ने मिटरब्याजी कहाँबाट आयो भन्दै प्रश्न गरेकी छन् । उनले कानून कहाँकहाँ सम्झाउनु पर्ने हो कहाँकहाँ सच्चाउनु पर्ने हो त्यो सच्याएर तुरुन्त नयाँ कानून ल्याउन सरकारसंग माग गरिन ।
प्रतिक्रिया