×

नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा

images


काठमाडौँ, १३ असोज : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त हुनुभएको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज विश्वकर्मालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतःविघटन भएको दलित सङ्घमा विश्वकर्मालाई नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शनिबार १३ असोज २०८० ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया