×

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा विभिन्न पुरस्कार समर्पण  

images


काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले एक कार्यक्रममाकाबीच ‘सेवा पुरस्कार नेपाल २०८०’ नेपाल आँखा अस्पताल तथा ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार

२०८०’ समाजसेवी भरतबहादुर थापालाई समर्पण गरेको छ ।
विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रिविविका उपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई पुरस्कार समर्पण गरे । 

सम्बोधनका क्रममा उनले कर्मयोगी बद्रीविक्रम थापाको सामाजिक, प्रशासनिक योगदानको चर्चा गरे । माथेमाले थापाको आत्मकथा सबैका लागि प्रेरणादायी हुने बताउँदै आत्मकथा ल्याउनुपर्नेमा जोड दिए ।

गुठीका सल्लाहकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले समाजसेवी भरतबहादुर थापालाई राष्ट्रगौरव पुरस्कार समर्पण गरे । 
उक्त दुवै पुरस्कारकासाथ नगदराशि २ लाख २२ हजार २२२ पनि प्रदान गरियो ।

कार्यक्रममा प्रा.डा. लोकविक्रम थापाद्वारा स्थापित ‘बद्रीविक्रम थापा चरित्रनिर्माण पुरस्कार २०८०’ हिन्दु विद्यापीठ नेपाल, थलीकी छात्रा प्रतिमा सापकोटालाई समर्पण गरिएको थियो ।

पुरस्कारकासाथ नगदराशि १० हजार पनि प्रदान गरियो । त्यसै अवसरमा गुठीको मुखपत्र वार्षिक पत्रिका ‘सेवा नेपाल’को ‘सत्यमोहन जोशी स्मृति अंक’ लोकार्पण गरिएको थियो । 
कार्यक्रममा गुठीले कुलरत्न खड्की र न्हुच्छे माया शाहीलाई श्रम सम्मान समर्पण गर्यो भने श्रमिक बाल विज्ञान आधारभूत सामुदायिक विद्यालय, पुल्चोक तथा श्रीकृष्ण

प्रणामी निजानन्द वृद्धाश्रम, पुल्चोकलाई आर्थिक सहयोग प्रदान गर्यो ।
 

आइतबार​ १४ साउन २०८० १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया