×

एक क्वीन्टल सुन तस्करी प्रकरण- ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

images

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट १ जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको थियो ।

विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले बतायो । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्। 

योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ। 

आइतबार​ १४ साउन २०८० ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया