×

चाेरहरूकाे देशमा 

images

 चाेरहरूकाे देशमा         

चाेरहरुले घर बनाउदा
जागिर खानु पर्दैन 
पेन्सन सक्नु पर्दैन
जग्गा र श्रीमतीकाे गहना धिताे राखी
बैक र सहकारी धाउनु पर्दैन
मात्र चाेर्नुपर्छ 

चाेरे पछि घर मात्र हाेइन
बङ्गाला बनाउन सकिन्छ 
अग्लाे पर्खाल ठडाउन सकिन्छ
गाडी घाेडा किन्न सकिन्छ 
चाेकिदार पाले राख्न सकिन्छ 

यी सब गर्नलाई चाेरहरूलाई
मिहिनेत गर्न पर्दैन
परिश्रम गर्नु पदैन
महिनाभर कुर्नु पर्दैन
विदेश जानू पर्दैन
दिनभर पसल रुङ्नु पर्दैन
ग्राहक झेल्नु  पर्दैन
धेरै पढ्नु पनि पर्दैन
मात्र चाेर्नुपर्छ 

चाेरेपछि टन्न पैसा हुन्छ
अनि त्याे पैसाले काेटमा लगाउने फुली किनेर
संसदभवन जान सकिन्छ 
झन्डा हल्लाउदै गाडीमा 
मन्त्री क्वाटर छिर्न सकिन्छ 
त्यसपछि चाेर्न झन् सजिलाे हुन्छ
किनकि कसैले पनि  चाेरलाई
चाेर भन्न सक्दैन 

अब त अरूले चाेरेकाे पनि 
कमिसन आउदै जान्छ
जेमा पनि  निश्चित प्रतिशत भाग 
आफ्ना लागि छुट्दिदै जान्छ
चाेर अब चाेर हुदैन
डाका,गुण्डा,लुटेरा र 
अपहरणकारी पनि हुदैन
वरिष्ठ नेता हुन्छ
विशिष्ट पत्रकार हुन्छ
प्रसिद्ध समाजसेवी हुन्छ
मूल नाइके हुन्छ
समाजकाे अगुवा हुन्छ
सधैं प्रमुख अतिथि हुन्छ
कतै समन्वयकर्ता हुन्छ
कतै सहजकर्ता हुन्छ 

जे हाेस् जताततै 
हर्ताकर्ता हुन्छ 
अब कसैले नराम्रो भन्न सक्तैन 
कसैले पनि चाेरलाई चाेर भन्न सक्तैनन् 

चाेरहरुकाे एउटा संगठन हुन्छ
घाेषणापत्र र केही राजनीतिकजस्ता 
लाग्ने मागहरू हुन्छन् 
बेलाबेलामा चुनाबजस्ताे नाैटङ्की हुन्छ
भाेज हुन्छ, भतेर हुन्छ 
चाेरेकाे पैसाले मतपत्र किन्न सकिन्छ 
आवश्यक परे मतपत्र च्यात्न सकिन्छ 
फेरि चुनाब गराउन सकिन्छ 
चाेरहरुले चाेरहरुलाईनै सहयोग गर्छन् 

साना चाेरले ठुला चाेरलाई सहयोग गर्छन् 
ठुला चाेरले साना चाेरलाई सहयोग गर्छन
जसरी हुन्छ चाेरलाई फेरि 
चाेर्ने ठाउँमा पुर्‍याउछन् 
र कसैले पनि चाेरलाई 
चाेर भन्न सक्तैनन् 

देश 
बर्साैदेखि
यस्तै यस्तै चाेरहरुले 
चलाईरहेछन 

चाेरहरुकाे देशमा ।   -गणेश श्रमण

आइतबार​ १४ साउन २०८० ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया