काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले खेलकुदमा उल्लेखनीय उपलब्धी तथा योगदान पु¥याएका राष्ट्रिय क्रिकेट खेलाडिहरुलाई सम्मान गरेको छ ।
उनिहरुलाई विहिवार काठमाडौंमा अभिनन्दन कार्यक्रम आयोजना गर्दै क्रिकेटको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे बापत सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो देशको लागि राम्रो खेल्ने प्रतिवद्धता गरेका छन् । ‘देशको लागि आफ्नो तर्फबाट राम्रो खेल्ने कोशिस गर्नेछौं । यो सम्मानले झन हौसला मिलेको छ ।’ त्यसैगरि सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्काले खेलसँगै शिक्षालाई पनि प्राथमिकतामा राख्न आवश्यक भएको बताएका छन् ।
‘फिनिक्स कलेजले राष्ट्रिय क्रिकेट खेलाडीहरुले दिएको सम्मानले अझ उत्साहीत बनाएको छ । सम्पुर्ण खेल क्षेत्रले खेलाडीको खेल र शिक्षालाई सँगसँगै अगाडी बढाउन आवश्यक छ । ’ सम्मान प्राप्त गर्ने राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् । कलेजले प्रत्येक क्रिकेट खेलाडीहरूलाई दोसल्ला, प्रशंसा पत्र र नगद रु. ५०,००० प्रदान गर्दै सम्मान गरेको हो ।
प्रतिक्रिया