×

आजको मौसम --गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुने 

images


काठमाडौं । आज(बिहीवार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

मुलुकका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ । 

त्यस्तै, मुुलुकको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीवार राती गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित  बाँकी

प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा  मेघ

गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
 
 

बिहीबार १६ चैत २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया