×

यस्तो स्थान जहाँ सर्प राज गर्छन्, यस्ता सर्प जसले डसे मान्छेको मासु एकैछिनमा पग्लिन्छ

images

एजेन्सी - स्नेक–आइल्याण्ड ब्राजिलको तटभन्दा केही पर मात्रै छ । यहाँ हरेक कदममा सर्प मात्रै पाइन्छ । विश्वको सबैभन्दा विषालु सर्पको कुरा गर्ने हो भने यो यहाा नै छ । यो पृथ्वीमा एउटा एकमात्र यस्तो स्थान हो जहाँ तपाईंले गोल्डेन ल्यान्सहेड सर्प पाउन सकिन्छ । सर्पको यो प्रजाति यति घातक छ कि यो द्वीपलाई मानिसको पहुँचभन्दा बाहिर राखिएको छ ।

 

हुन त स्नेक आइल्याण्डको वास्तविक नाम इल्हा दा क्यूइमाडा ग्रान्डे हो । यो साओ पाउलोभन्दा ९० मिल टाढा छ । यो द्वीपमा मानिस जान सक्दैनन् । ब्राजिलको नौसेनाले नै यो द्वीपमा को जाने भनेर निर्णय गर्छन् । यद्यपि, केही वैज्ञानिक र नौसेना अधिकारी मात्रै द्वीपमा जान सक्छन् ।

 

यो स्थान खासमा सर्पकै हो । यसमा गोल्डन ल्यान्सहेड र बोथ्रोप्स इन्सुलारिस पनि समावेश छ । यो एक विषालु सर्प हो जुन २० इन्चभन्दा लामो हुन्छन् । यी सर्पको खाना पंक्षी नै हुन्छन् त्यसैले यसको विषले निकै तीब्र रुपमा काम गर्छ । एकपटक डसेपछि पंक्षी तुरुन्तै मर्छन् । गोल्डन ल्यान्सहेड आफ्नो शिकारलाई ट्र्याक गर्दैन त्यसैले यसको विष यति घातक हुन्छ कि यसले पंक्षीलाई तुरुन्तै मारिदिन्छ र मानिसको मासुलाई तत्कालै पगालिदिन्छ ।

यो द्वीपको प्रति वर्ग मिटरमा पाँचवटा सर्प हुन्छन् । यहाँ खतरनाक सर्पको संख्या यति छ कि यहाँ कुनै पंक्षी आउन पनि डराउँछन् । तर आफ्नो प्रवास मार्गका कारण पंक्षीले आराम गर्नका लागि यो स्थानमा बस्नुपर्ने हुन्छ त्यसैले सर्पको खानाको बन्दोबस्त हुने गर्छ ।

खतरनाक सर्पमाथि पनि खतरा

यति खतरनाक सर्प त्यसमाथि कुशल हत्यारलाई कसको डर होला र भनेर सोच्नुभएको होला । यसको जवाफ हो यिनीहरुलाई मानिसकै डर छ । गोल्डन लेन्सहेडको विष निकै घातक मानिन्छ त्यसैले वैज्ञानिक रुपमा पनि मानिसहरुको यसमा रुची छ । साथै यिनीहरु शिकारीको निशानामा पनि छन् । शिकारीले यिनीहरुलाई समात्छन् र अवैध बजारमा बेच्छन् ।

यो द्वीपमा एउटा लाइट हाउस पनि छ । यो लाइट हाउस यो कुराको प्रमाण हो कि यो स्थानमा कुनैबेला मानिसहरु बस्ने गर्दथे । सन् १९०९ र १९२० को दशकबीच स्नेक आइल्याण्ड किपर र उनको परिवार बस्दथ्यो । यो परिवार पनि यिनै सर्पका कारण सखाप भएको थियो ।

स्नेक आइल्याण्ड नामको यो स्थानबाट सायद अरु केही आशा गर्न सकिँदैन । मानिसको मासुलाई एकै पलमा पगाल्ने सर्पको यहाँ संख्या अत्यधिक छ ।  ratopati

मङ्गलबार १३ मंसिर २०७९ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया