×

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

images


काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा

अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ ।

स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ । बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ ।

कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ यस कृतिमा । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ ।

३७६ पृष्ठको यस उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ । दाहालका यसअघि ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्र्रह, ‘योद्धा’ काव्य,

‘हावर्डको चौतारीमा’ कवितासंग्र्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्र्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् 
 

सोमबार १५ जेठ २०८० १२:०० PM मा प्रकाशित

प्रतिक्रिया