×

कामपाको सहकार्यमा नेवा सङ्ग्रहालय स्थापना गरिने

images

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको सहकार्यमा एउटा नेवा सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै कामपाको सहकार्यमा नेवा सङ्ग्रहालय स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभएको हो ।  

त्यसैगरी ५०० वर्षभन्दा पुराना हिमाली गुम्बाहरुको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । त्यस्तै ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको उत्खनन निरन्तरता दिइने छ । भूकम्पबाट क्षतिग्रस्त पुरातत्व सम्पदाहरुको पुनः निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी रु दुई अर्ब विनियोजन वक्तव्यमा भनिएको छ ।  

आइतबार​ १५ जेठ २०७९ ०९:०७ PM मा प्रकाशित

प्रतिक्रिया