×

एशियन ट्राईयाथलन कप शनिबार हुने

images


काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप शनिबार पोखरामा हुने भएको छ ।

ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोरखामा ट्राईयाथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि।मी। साईक्लिङ्ग र ५ कि।मी। दौडको ट्राईयाथलन र ५ कि।मी। दौड, २० कि।मी। साईक्लिङ्ग र २।५ कि।मी। दौडको दुवाथलन हुने छ ।

४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गर्नेछन् । यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन १८ गते ट्राईयाथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि नेपाली खेलाडीहरु पोखरा पुगिसकेका छन् भने प्रतियोगिता तयारीका लागि केहि प्राविधिकहरु पोखरा पुगिसकेका छन् ।
प्रतियोगिताको अफिसियल होटलमा माउन्ट कैलाश रिसोर्ट, लेकसाईड –६, पोखरा, सेक्रेटरियट होटल ग्लोरी गार्डन, लेकसाईड पोखरा र ट्राभल पार्टनरमा फेयर वे ट्राभल रहेका छन् 

बुधबार १५ चैत २०७९ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया