×

आजको मौसम -- सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने 

images


काठमाडौं । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । बाँकी भूभागमा आंशिक बदली रहे पनि सामान्यतया

मौसम  सफा रहने ले जनाएको छ । 

महाशाखाको अनुसार देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, बुधवार  राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा  मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । 
 

बुधबार १५ चैत २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया