×

ब्याडमिन्टनमा नेपालको पुरुष टिम विजयी

images

११ असोज, हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो 
पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै हराए । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१-२३, २४-२२, १७-२१ ले पराजित भए ।
तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २-० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भयो ।

महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भयो ।

नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २-१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २-० पराजित भए । अनु माया राईले अइसाथ अफ्नान असिदलाई २-० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २-० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।

बिहीबार ११ असोज २०८० १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया