काठमाडौँ । प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।
तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहेका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया