पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को मनोनयन सार्वजनिक

    images

    काठमाडौँ- पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा यो हुने यो अवार्डमा विगत झैँ यस पटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा मनोनयन गरिएको छ । स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाका अनुसार गीत संगीत तर्फ आधुनिक, पप, लोक पप, चलचित्र, लोक, लोक दोहोरी, नेपाल भाषाका विभिन्न २२ विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

    यस पटक संगीत र मोडलिङ तर्फ गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, कोरियोग्राफर, मोडलहरूबिच विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजक एवम् स्टार वान इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताए । पछिल्लो डेढ वर्ष यता रिलिज भएका गीत संगीतलाई यो अवार्डमा समावेश गरिएको अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराएकी छिन् । नेपाली गीत संगीत, फेशन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्याउनु भएका विभिन्न स्रष्टालाई अवार्ड समारोहमा विशेष योगदान सम्मानबाट सम्मानित समेत गरिने प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराइन् ।

    नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४, पाँचौँ संस्करणको मनोनयन सूची यस प्रकार रहेको छ ।

    क) उत्कृष्ट फेसन डिजाइनर
    १. दिल माया मगर – एम के एम फेशन हाउस
    २. काजल शर्मा – काजल क्रियसन
    ३. सञ्जिता बराल – पटुकी पोसाक

    ख) उत्कृष्ट म्युजिक भिडियो मेकअप आर्टिष्ट 
    १. उर्मिला लामा – छोड सताउन
    २. मनीषा श्रेष्ठ – नगर दोमन
    ३. विक्रम गौतम – हंगामा
    ४. माही सिंह – माया बिक्रीमा छ
    ५. सरिता प्रजापति – तिम्रो तस्बिर

    ग) उत्कृष्ट कोरियोग्राफी (स्टेज प्रस्तुति)
    १. शर्मिला तामाङ – कोदोको ढिँडो
    २. सन्देश तामाङ – नयुता मारो नाक्ला
    ३. केशव कोइराला – माया भन्दा ठुलो
    ४. रेनुका लामा – सर सर पाइला सर्दैन
    ५. कृष्टी शाही – सानोमा सानो

    घ) उत्कृष्ट नेपाल भाषा गीत (गायन)
    १. बिराज महर्जन – नक्कलिम्ह मय्जु
    २. गंगादेबी महर्जन – कतांमरी या रुप छँगु
    ३. राजकुमार मानन्धर – छँगु मतिनाया आशय
    ४. सुनिल चित्रकार – मुसुहुँ न्हिला
    ५. भिमप्रसाद प्रजापति – हाकु पर्सी तुयु गाचा

    ङ ) उत्कृष्ट नेपाल भाषा गीत (रचना)
    १. सुरजबीर बज्राचार्य – नक्कलिम्ह मय्जु
    २. रजन कुस्ले – होली फागू
    ३. संघरत्न शाक्या – कतांमरी या रुप छँगु –
    ४. राजकुमार मानन्धर – छंगु मतिनाया आशय
    ५. अमृत रत्न शाक्य – मुसुहुँ न्हिला

    च) उत्कृष्ट लोक गीत (गायन)
    १. प्रमोद डिजी – रुपसा पातली सुवा
    २. शान्ति कुमारी शाही – हरि भजन
    ३. मनिष चौधरी – सुन्तला पाक्यो
    ४. आयुमी तामाङ – ओए सोल्टिनी
    ५. लक्ष्मण श्री – म तिम्रै डल्ले हो

    छ) उत्कृष्ट पप÷लोक पप गीत
    १. सुमन दाहाल – अस्ति भन्दा हिजो
    २. कुमार भारती – बालेन्द्रको बत्तीमा
    ३. पुरुषोत्तम सुवेदी – सिरसिर बतास
    ४. नम्रता तामाङ – दिलमा चुकुल
    ५. रामचन्द्र खरेल – बालेन सिटी काठमाडौँ

    ज) उत्कृष्ट लोक दोहोरी गीत (गायक)
    १. मदन ढकाल – रुमाल फरर
    २. चन्द्र शर्मा – बालेनको सहर
    ३. अर्जुन सापकोटा – बस्यौ अलक्कै
    ४. नमराज ढुँगाना – नगर दोमन
    ५. गोविन्द मधुर आचार्य – निरी मायाको

    झ) उत्कृष्ट लोक दोहोरी गीत (शब्द)
    १. अनिल दवाडी – तिम्रो त दुनियाँ छ
    २. डब्बु क्षेत्री – छोड सताउन
    ३. कृष्ण रोशनी आचार्य – निरी मायाको
    ४. रमेश परियार – म यसरी हारी दिन्छु की
    ५.कुमार गन्धर्व – मिठो बोली

    ञ) उत्कृष्ट लोक दोहोरी गीत (गायिका)
    १. नम्रता खरेल – माया पिरतीको गाउँ
    २. सपना रोका – झ्यालमा सेतो पर्दा
    ३. कविता खत्री – नमस्ते ढोग्दिया
    ४. गीता भट्टराई – नवलपुरे कान्छी
    ५. सीमा थापा – सनाई ढोलक

    ट) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल पुरुष)
    १. बादल घिमिरे – कसम तोड्ने म
    २. कृष्ण सापकोटा – डाँडै कटाउने
    ३. प्रवण भुसाल – छोड सताउन
    ४. पल शाह – मायालाई पानको पात
    ५ यस राज गराच – माया पिरतीको गाउँ

    ठ) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल महिला)
    १. अस्मिता पुरी – फूलमाया
    २. नारायणी खत्री – करिमैमा
    ३. अस्मिता रणपाल – देखिएको च्वाँक च्वाँक
    ४. जुना कार्की – यो दुनियाँ त बेग्लै
    ५. जुना गुरुङ – जान्छ्यौ र माइली

    ड) उत्कृष्ट लोक तथा दोहोरी गीत म्युजिक भिडियो (कोरियोग्राफर)
    १. मुकेश नेपाली – धादिङ गजुरी
    २. रबिता मगर – एक नम्बरी सुन
    ३. कृष्ण रसाल – छोड सताउन
    ४. सिबोन श्रेष्ठ – यो दिलको पाइलट
    ५. नितिन वाईबा – जाऊँ त भने बाटोमा

    ढ) उत्कृष्ट चलचित्र गीत (गीतकार)
    १. उर्मिला गुरुङ – के भरोस गरम, (एक्टर टेक वान)
    २. राजेश कुमार श्रेष्ठ – दिन बित्ला (एक्टर टेक वान)
    ३. विकास विष्ट – बाहिरी पीडाले भन्दा (न मेटिएको घाउ)
    ४. शैलेन्द्र खनाल शरद – जय गोर्खाली (गोर्खा वारियर)

    ण) उत्कृष्ट चलचित्र गीत (संगीतकार)
    १. राजेन्द्र बजगाईँ – बुट्टे रुपमा (ब्लाक छाया)
    २. एलिश कार्की – जय गोर्खाली (गोर्खा वारियर)
    ३. हर्कुलस बस्नेत – के भरोसा गरम (एक्टर वान टेक)
    ४.दीपक शर्मा – बिहे भाको छैन (छक्का पञ्जा ५)

    त) उत्कृष्ट आधुनिक गीत (गीतकार)
    १. दीपेन्द्र अधिकारी – जिन्दगीको यो खेल
    २. डब्बु क्षत्री – तिमीलाई नै सधैँ
    ३. हंस राज जोशी – मलाई तिमी मन प¥यो
    ४. डा. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन
    ५. शेर साउद – प्रेम कथा

    थ) उत्कृष्ट आधुनिक गीत (गायक)
    १. नारायण थापा – तिमीलाई नै सधैँ किन
    २. विनोद राई – जिन्दगी हो खेल जस्तै
    ३. गोविन्द मधुर आचार्य – एक दिन उज्यालो आउला
    ४. सैराज खाती – यो दिलको पाइलट
    ५. ओम सुनार – मायाले सजाउँदा

    द) उत्कृष्ट आधुनिक गीत (गायिका)
    १. शर्मिला वर्देवा – सजाय काफी हुँदैन
    २. स्वाती भट्ट – यो दिलको पाइलट
    ३. सुमी पराजुली – माया गर्ने तरिका
    ४. गीता पाण्डे – चाहेको बाटो
    ५. शोभा पाण्डे – डल्ले खुर्सानी

    ध) उत्कृष्ट आधुनिक गीत (संगीतकार )
    १. राजकुमार बगर – जिन्दगी यो खेल जस्तै
    २. राजेन्द्र बजगाईँ – सजाय काफी हुँदैन
    ३. योगेन्द्र उपाध्याय – एक्लो भएछु
    ४. शंकर थापा स्माइल – तिमीलाई म कती माया गर्छु
    ५. टेक राज ओझा – दिल्ली आग्रा

    न) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल पुरुष)
    १. अंशु बर्मा – पैसा
    २. अभि सुनुवार – म छु आज रोडमा
    ३. सुरेश कोली – मौसम मौसम...
    ४. कमल सिंह – चाहन्छु ४
    ५. विक्रम बुढाथोकी – कस्तो थिएँ कस्तो भएँ

    प) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल महिला)
    १.सदीक्षा पाण्डे – राजाको राज्य
    २.रुबिना अधिकारी – नजर लाग्ला नि
    ३. शिला गजुरे – हाँसेर माग
    ४. मल्लिका राजोपाध्याय – हे गोरी
    ५. दीपिका थापा – पैसा

    फ) उत्कृष्ट आधुनिक गीत (कोरियोग्राफर)
    १. कृष्ण रसाल – तिमीलाई नै सधैँ
    २.दिलीप ओखेडा – तप तप पानी
    ३. शिशिर खाती – दर्शन गरेँ
    ४.सुरेन्द्र बसेल – चाहन्छु ५
    ५.प्रवीण थापा – डिम्पल पर्ने गाला

    सोमबार १५ बैशाख २०८२ १२:५९ PM मा प्रकाशित

    प्रतिक्रिया