×

न्यायाधीसको संख्या कम हुँदा समयमै न्याय निरुपण हुन सकेन-- प्रवक्ता पौडेल

images

 
काठमाडौं । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले सर्वाेच्च अदालतमा न्यायाधीसको दरबन्दी अनुसार संख्या नहुँदा त्यसले न्याय निरुपणमा ढीलाई भएको तथा मुद्दाका सेवाग्राहीलाई चाप परेकोे बताएका छन् । 

मंगलबार सर्वोच्च अदालतमा आयोजीत पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले अदालतमा परेकोे मुद्दाको संख्या धेरै तर, सर्वोच्चमा न्यायाधीसको रिक्त पाँच पदको पूर्ती नहुँदा त्यसको असर मुद्दा फर्छौटमा परेको र त्यसको सिघ्र पदपूर्ति गराउन माग गरेका छन् । 

उनले भने ‘पेसीको व्यवस्थापन गरिरहँदा खेरि मुद्दाहरुको समुह एक्काइस जना न्यायाधीसलाई लक्षित गरेर समुह बन्ने हुनाले हाम्रा मुद्दामा सेवाग्राहीलाई धेरै ठूलो चाप पर्र्यो । न्यायाधीस संख्या अपर्याप्त हुँदाखेरि समयमै न्याय निरुपण हुन नसकेको कारणले मुद्दाका समुह स्थिर भएकोले सेवाग्राहीलाई अत्यन्त ठूलो कठिनाई महशुस
भएको छ ।’ 

अदालतमा एक्काइस जना न्यायाधीसको दरबन्दी रहेकामा बिगत छ महिना यता १६ जना मात्रै कार्यरत छन् । 
कानून अनुसार न्यायाधीसको पद रिक्त हुनुभन्दा एक महिना अगाडि देखि नै पदपूर्तीका लागि प्रकृया अगाडि बढाउनु पर्छ । तर, त्यो नहुँदा एकातिर सर्वोच्चमा मुद्दामा चाङ छन् ,अर्कातिर आम नागरिकले समयमै न्याय पाउन सकेका छैनन् । 

पौडेलले न्यायिक प्रकृयालाई चुस्त बनाउनका लागि छिटो भन्दा छिटो दरबन्दी पूरा गर्नुपर्ने नत्र त्यसले समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्यसम्पादनमा असर पर्ने बताए । अदालतमा परेका कूल २६ हजार, पाँच सय बढीको संख्यामा रहेका मुद्दा मध्ये यो वर्षको चैत सम्ममा सात हजार सात सय बढी मुद्दा मात्र फर्छौट भएको अभिलेख छ । त्यस्तै, २८ हजार आठ सय ५२ थान मुद्दा बाँकी रहेका छन् । यो वर्ष मात्रै अदालतमा छ हजार चार सय बहत्तर थान मुद्दा परेका छन् ।  
अदालतमा २०६५ साल यताका विभिन्न मुद्दा फर्छौट हुनै बाँकी छ । 
 

मङ्गलबार १४ चैत २०७९ ०६:५२ PM मा प्रकाशित

प्रतिक्रिया