×

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

images

 
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन यसअघि सोमबार २०० ले घटेको सुन मंगलबार एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
 

मङ्गलबार १४ चैत २०७९ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया