×

चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याप सम्पन्न 

images

 

 

काठमाडौं ।  हेल्पिङ्ग हेन्डस युएसए र "सह-सेनानि स्व. डा. रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ।

उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानिय सर्बसाधारणले निशुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई निशुल्क औषधि र करिब ४

सय जना आँखा कम देख्ने स्थानियलाई चस्मा समेत निशुल्क प्रदान गरिएको थियो। जस्मा १२ वर्षका केटा केटी देखि ८५ बर्षका वुबा आमाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

 

स्वास्थ्य शिविरमा न्युजिल्यान्डका स्त्रीरोग विशेषज्ञ डा. जेमि, फिजिसियन डा. टेरि लगायत आँखा तथा दन्त रोगमा नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए।

 

हेल्पिङ हेण्डसले बिगत लामो समयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्यसेवा बाट बञ्चित सर्बसाधारण नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर सेवा आयोजना र बिभिन्न सामाजिक काम गर्दे आएको छ ।

मङ्गलबार १४ चैत २०७९ ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया