×

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा वर्षा हुने 

images


काठमाडौं  । आज मंगलवार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने छ। बाँकी भूभागको मौसम भने सामान्यता सफा रहनेछ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पहाडी भूभागका एक–दुई स्थानमा  मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, मंगलवार राती कोशी,

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी  प्रदेशका

पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार १४ चैत २०७९ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया