×

एसिड अक्रमणमा परेका पाँच बालिका सम्मानित

images

 
भक्तपुर । एसिड आत्रमणमा परि घाइेत बालबालिकालाई बाल तथा युवा सरोकार नेपालले सम्मान गरेको छ । भक्तपुरमा सोमवार भएको कार्यक्रममा भक्तपुर– २ का प्रतिनिधि सभा सदस्य दुर्लभकुमार थापाले एसिड पीडित बालबालिकालाई सम्मान गरेका हुन् । 

सांसद थापाले एसिड आक्रमणमा परेका जेनी खड्का, मुस्कान खातुन, बसन्ती परियार र पवित्रा कार्कीलाई नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा सांसद् थापाले समाजमा हुने हिंसाका गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक भएको बताए । कार्यक्रममा सांसद थापाले समाजलाई रूपान्तरण गर्न सके मात्र हिंसाका घटना अन्त्य हुने र समाजमा अशक्तलाई हेर्ने नजर परिवर्तन हुने भनाई राखे ।

राज्यले कानुन बनाएर समाजमा हुने हिंसाका घटनालाई नियन्त्रण गर्नुपर्ने बताउँदै उनले अशक्त सबैलाई सक्षम र सबल बनाउने अभियानका साथ नीति नियम ऐन कानुन बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । 

देशको राजनीतिक क्षेत्र अशक्त बन्दै गएको टिप्पणी गर्दै उहाँले राजनीतिक क्षेत्र सशक्त बनाएर अघि बढ्न सके मात्र मुलुकको कुनै पनि क्षेत्रका आम नागरिकले शारीरिक अशक्तका बाबजुद सक्षम र सबल नागरिकको जीवनयापन गर्न सकिने बताउनुभयो ।
साथै उहाँले प्राकृतिकरुपमा शारीरिक अशक्त भइकन पनि शिक्षा हासिल गरी समाजमा एक सक्षम नागरिकको रूपमा जीवनयापन गर्न सङ्घर्ष गरिरहेका एक दर्जन बालबालिकाहरूलाई सम्मान गर्नुभयो ।

कार्यक्रम एसिड आक्रमणमा परेकी जेनी खड्काले एसिड आक्रमणमा परेकाहरू पीडित नभएको धारणा राख्दै उनीहरुपनि यही समाजमा सक्षम सरह जीवनयापन गरिरहेको बताइन्  । सार्वजनिकरुपमा एसिड आक्रमणमा परेकाहरूलाई हेर्ने नजर परिवर्तन हुनुपर्नेमा जोड दिँदै उनले समाजमा दया मायाको भावले गरिने व्यवहारले उनीहरूमा मनोवैज्ञानिक असर पर्ने गरेको बताइन् । 

मङ्गलबार १६ फागुन २०७९ १०:५० AM मा प्रकाशित

प्रतिक्रिया