×

मेसी चुनिए फिफाको वर्ष खेलाड

images


पेरिस । अन्ततः सबैको अपेक्षा अनुसार अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । कतारमा भएको विश्वकप विजेता कप्तान मेसीले नै यो अवार्ड जित्ने निश्चित जस्तै थियो । उनले उत्कृष्ट खेलाडी हुने होडमा केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे ।

विश्व फुटबलकै सर्वकालीन महान खेलाडी मानिएका मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए । उनले फिफाको अवार्ड जितेको यो दोस्रो पल्ट हो । अवार्ड थापेपछि उनले भने, ‘यो अद्धितीय उपलब्धी रह्यो । यो वर्ष निकै सुखद पनि रह्यो । अवार्ड प्राप्त गर्नु मेरो लागि गर्वको उपलब्धी हो । मेरा साथी खेलाडी विना यो सम्भव थिएन् ।’

‘मैले लामो समयदेखि विश्वकप जित्ने जुन सपना देखेको थिएँ, त्यो पूरा भएको छ । धेरै कमले मात्र यस्तो सपना पूरा भएको देख्न सक्छ, त्यसैले म निकै भाग्यमानी पनि छुं ।’ महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास वर्षका उत्कृष्ट खेलाडी घोषित भइन् । विश्वकप विजेता अर्जेन्टिनाका लियोनल स्कालोनी वर्षका उत्कृष्ट प्रशिक्षक चुनिए । 

 

मङ्गलबार १६ फागुन २०७९ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया