×

जलेर एक वृद्धको मृत्यु

images


काठमाडौं । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीमा एकजनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने ९१ वर्षीय हाङ्गी कामी रहेका छन् । 

घरमा अचानक आगलागी हुँदा अशक्त भएका कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताएका छन्  ।

चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीका कारण सात भेँडा, तीन भैँसी र छ रागासमेत घाइते भएका छन् । 
 

मङ्गलबार १६ फागुन २०७९ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया