×

दुई दिनमा ११७ अंकले बढ्यो नेप्से

images

काठमाडौं । नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब निश्चित हुँदा नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको थियो । पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ ।


नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक ६.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.६८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी र होटल तथा पर्यटन उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

बजारलाई सपोर्ट गर्ने कुनै नीतिगत परिवर्तन नहुँदा पनि विष्णु पौडेले अर्थमन्त्री हुँदा सेयर बजार विगतमा पनि बढेको भन्दै समाजिक सञ्जालमा नै सेयर लगानीकर्ता सक्रिय देखिन्छन् । जसले बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । तर, बजारलाई सपोर्ट गर्नेगरी आर्थिक फन्डामेन्टमा भने कुनै परिवर्तन वा नीतिगत परिर्वतन भएको छैन ।
 

मङ्गलबार १२ पुस २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया