×

बोर्डको अधिकारिक आँकडा: फिल्म 'जेरी अन टप' ले शनिबारसम्म कमायो साढे ६ करोड

images

काठमाडौँ । अनमोल केसीको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको सार्बजनिक गरेको आधिकारिक ग्रस कमाइमा देशभर ६ करोड ५१ लाख रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको १ लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

निर्माण पक्षले भने आइतबार १० दिनमा फिल्मले विश्वभर १२ करोड ग्रस कमाई गरेको जानकारी दिएको थियो । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका धेरै जसो हलमा हाउसफुलका साथ चलिरहेको छ ।

सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ ।

बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड ७ लाख ३१ हजार ३५२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७० लाख ४३ हजार ८८७ ग्रस कमाई गरेको छ । त्यस्तै माइतीघरले ४ करोड १२ लाख १७ हजार २०८ कमाई गरेको छ ।

 

सोमबार ११ कात्तिक २०८२ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया