काठमाडौँ । रियल म्याड्रिडले ला लिगाको एल क्लासिको जितेको छ । रियल म्याड्रिडले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र जुड बेलिङघमले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ५२औ मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल फेर्मिनो लोपेजले गरेका थिए ।
त्यसैगरी खेलको ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका पेड्रीले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।
यो जितपछि ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडले आफ्नो अग्रता बढाएको छ । रियल म्याड्रिडको १० खेलमा २७ अंक भएको छ र बार्सिलोनाभन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ ।
प्रतिक्रिया