×

विश् च्याम्पियनसिपमा सहभागी हुन कराते टेली ग्रिस प्रस्थान

images


मित्र राष्ट्र ग्रिसको चलकिडा शहरमा आयोजना हुने ३० औं एस.के.डि.यु.एन. विश्वच्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघ (एस.के.डि.यु.एन.) को तीन सदस्यीय टोली आज बुधबार ग्रिस तर्फ प्रस्थान गरेको छ ।
ग्रिस प्रस्थान गर्ने टोलीमा अफिसियलमा संघका उपाध्यक्ष बद्री बहादुर महत, टिम प्रशिक्षक एवं ब्यवस्थापकमा राजु तामाङ्ग र खेलाडी चित्र बहादुर श्रेष्ठ रहेका छन् । चित्रले आफ्नो खेल पश्चात अन्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्ने संघका महासचिव गोविन्द श्रेष्ठले जानकारी गराए ।टोलीलाई संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले आज अन्तराष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरे ।
च्याम्पियनसिप अशोज १० देखि १४ गते सम्म संचालन हुने छ ।

बुधबार १० असोज २०८० ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया