×

मिस नेपाल बनिन् सृच्छा प्रधान

images

काठमाडौं । सन् २०२३ को मिस नेपाल सृच्छा प्रधान बनेकी छिन्। सृच्छाले २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल २०२३ को उपाधि विजेता बनेकी हुन्।

आज(शनिबार) गोदावरीको सनराइज हलमा भएको फाइनलमा सृच्छाले मिस नेपाल २०२३ को उपाधि जितेकी हुन्।

सृच्छालाई गतवर्ष २०२२ की मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाई दिएकी हुन्।

त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

 

शनिबार १३ जेठ २०८० ०९:३२ PM मा प्रकाशित

प्रतिक्रिया