काठमाडौं । महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ ।
यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर ति देशहरुले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीचमात्र प्रतिस्पर्धा हुन लागेको हो । यो समूहको विजेता टोली दोश्रो चरणमा पुग्ने छ ।
प्रतिक्रिया