×

२ सय रुपैयाँले घट्यो सुनको मूल्य

images


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुन्को मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ थियो । 

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार १३ चैत २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया