×

राष्ट्रपति पौडलबाट पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको शालिकमा माल्यार्पण  

images


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उद्योगमन्त्री स्व. निवन्द्रराज जोशीको शालिकमा माल्यार्पण गरेका छन् । 
काठमाडौं महानगरपालिका–१९ यटखास्थित कुमार मन्दिर परिसरमा राष्ट्रपति पौडेलले जोशीको शालिकमा माल्यार्पण गरेका हुन् । मल्यार्पण गर्न काठमाडौं निर्वाचन क्षेत्र नं. ८ ले सोमवार बिहान कुमारी मन्दिरमा कार्यक्रम गरेको थियो । 
 काँग्रेस पूर्व केन्द्रीय सदस्य जोशीको मष्तिष्कघाटका कारण १३ चैत ०७७ मा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । संविधा सभा सदस्य उनी काठमाडौं महानगरपालिकाका पूर्व उपप्रमुख हुन् । नेपाल विद्यार्थी संघका महामन्त्री समेत भएका उनी गणेशमान सिंह अध्ययन स्मृति प्रतिपष्ठानका संस्थापक अध्यक्ष पनि हुन् । 

सोमबार १३ चैत २०७९ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया