×

यान्त्रीक अवस्था ठिक नभएका ४७ सवारी साधन कारबाहीमा  

images


काठमाडौं । ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका ४७ सवारी साधनका चालकलाई कारबाही गरेको छ । भक्तपुरको  जगातीमा भएको विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले उनीहरुलाई कारबाही गरेको हो । 
ट्राफिक प्रहरीले आइतवार एक सय ३० भन्दाधेरै सवारी साधनमा आकष्मिक चेकजाँच गरेको थियो । यसक्रममा ह्याण्डब्रेक ठिक नभएका, लाईट दुरुस्त नभएका, टायर धेरै घिस्रिएका सवारी साधनका चालक कारबाहीमा परेका थिए । 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने भएको हुँदा चेकजाँचलाई तिब्र तुल्याइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

सोमबार १३ चैत २०७९ १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया