×

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

images

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा उहाँहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय  सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको थियो ।

 साथै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । 

आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

आइतबार​ १३ चैत २०७८ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया