पेरिस । युरोपेली क्लब फुटबलमा आइतबार म्यानचेस्टर युनाइटेडले धेरै लामो समयपछि कुनै उपाधि जितेको छ भने र लियोनल मेसीले ठूलै व्यक्तिगत उपलब्धी आत्मसात् गरेका छन् । म्यानचेस्टरले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा वेम्बलीमा लिगकप जितेको हो । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गर्यो
न्युकासल आफै पनि सन् १९६९ यता पहिलो उपाधि जित्ने उद्देश्यमा थियो, तर त्यसमा सफल रहेन् । व्यवस्थापकमा एरिक टेन हाग आएयता युनाइटेडजे जितेको यो पहिलो गोल हो । खेलको ३३ औं मिनेटमा कासेमिरोले पहिलो गोल गरे भने । मार्कस रसफोर्डले दोस्रो गोल थपे । युनाइटेडले छ वर्ष अगाडि व्यवस्थापकमा जोसे मोउरिन्हो हुँदा युरोपा लिग जितेको थियो ।
मेसीले आफ्नो खेल जीवनको सात सयौं क्लब गोल गरेपछि पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले आइतबार फ्रान्सेली लिग वानमा मार्सेलाई ३–० ले हराएको हो । शीर्षमा पीएसजीको ६० अंक छ भने मार्से ५२ अंकमा दोस्रो स्थानमा छ । अर्जेन्टिनी कप्तान मेसीले २९ औं मिनेटमा गोल गर्दै कोशेढुंगा उपलब्धी आत्मसात् गरे ।
मेसी युरोपका ठूला पाँच लिगमा सात सय गोल गर्ने दोस्रो खेलाडी भएका हुन् । त्यस अगाडि क्रिस्टियानो रोनाल्डो यो उपलब्धी छोएका थिए । अर्को दुई गोल केयलिन एमबापेले गरे । एमबापेले पनि पीएसजीका लागि गरेको गोल संख्या दुई सय पुगेको छ । मेसीको पुरानो क्लब बार्सिलोनाका लागि आइतबार सुखद रहेन् ।
स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आल्मेरियासँग १–० को स्तब्धपूर्ण हार बेहोर्न बाध्य रह्यो । एल बिलाल टुरेले अल्मेरियाका लागि निर्णायक गोल गरे र यसले उसको रेलिगेसनबाट बच्ने सम्भावना पनि बलियो भएको छ । आल्मेरिया २५ अंकमा १५ औं स्थानमा छ । यो साता बार्सिलोनाको यो दोस्रो हार हो ।
प्रतिक्रिया