×

पपुवा न्युगिनीद्वारा नेपाललाई २ सय ४ रनको चुनौति 

images

 ’

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा पपुपा न्युगिनीले नेपाल समक्ष २ सय ४ रनको चुनौति प्रस्तुत गरेको छ । 

यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो ।  पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रन जोडे ।

त्यस्तै सेसे बाउले ३१ रन तथा किप्लिन डोरिगाले २९ रन बनाए भने नर्मन भानुवाले २५ तथा हिरि हिरिले १० रन जोडे ।
नेपालका लागि नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी, प्रतिश जी.सीको नाममा समान १÷१ विकेट रह्यो  । 

तीव्र गतिका बलर प्रतिश जी.सीले पपुवा न्युगिनी विरुद्घ दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा  अन्तराष्ट्रिय एक दिवशीय खेलमा डेब्यू गरेका हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।

प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो  

सोमबार १५ फागुन २०७९ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया