×

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस्

images

काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् ।

पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- 'जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।'  

उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन् ।

मन्त्री गौतमले यस अघि पनि स्वास्थ्य मन्त्रालयमा सचिवको रुपमा काम गरेको अनुभव रहेको भन्दै मन्त्रालय र यस अन्तर्गतका सबै निकायको खरिद प्रक्रिया पारदर्शी बनाउनु पर्ने बताइन । उनले आफ्नो भूमिका अहिले फेरिएको भन्दै आफुले सुशासनलाई नै जोड दिने बताइन् ।

स्वास्थ्य मन्त्रालयमा जनशक्तिको ठुलो ग्याप रहेको बताउदै उपलब्ध स्रोत साधनको सहि सदुपयोग गर्नेतर्फ आफुले ध्यान दिने बताएकी छन् । त्यस्तै उनले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने र जेनजी आन्दोलनमा शहिदका परिवारलाई नि: शुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको बताइन् ।

 

आइतबार​ १० कात्तिक २०८२ ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया