नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर संक्षिप्त सूचीमा परेका ३ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता दिन अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले बोलाएको छ। बिहीबार बिहान सूचना जारी गरी कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि मिति र समय निर्धारण गरी सहभागी हुन भनिएको हो।
यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका तीन जना उम्मेदवारलाई समितिले असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको हो ।
यसअघि बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले पाँच जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा तीन जना उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया शुरु गर्ने तयारी गरेको थियो । तर सर्वोच्चले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो ।
प्रतिक्रिया