×

स्रष्टाहरुद्वारा धान रोपाई 

images

 काठमाडौं ।साहित्य, संस्कृति र महिला सशक्तीकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले २०८० सालको धान रोपाइँको अवसरमा आज हात्ती गौडा, पासिकोट

 

काठमाडौंमा कृषि योग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कंक्रिटको जङ्गल नबनाउन अनुरोध गरेका छन् । 

प्रत्येक बर्ष स्रष्टाहरुको लागि धान रोपाइँको कार्यक्रमको आयोजना गर्दै आएको सखी प्रतिष्ठानले यो बर्ष पनि आयोजना गरेको हो ।

फसिकोटस्थित १२ रोपनी जग्गामा आज धान रोपाइँ गरियो । सखी प्रतिष्ठानकि अध्यक्ष मन्जिला अनिलको संयोजनमा आयोजना गरिएको आज सम्पन्न धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, समाजसेवी सिर्जना रानी बस्नेत बर्मा, साहित्यकारहरु भगवती बस्नेत, जितेन्द्र रसिक, कमला रिसाल, नीशा रिमाल, स्मिति,सरिता सापकोटा ,कमल गुरु..स्थानियथानीयबासीहरुको बिशेष सहभागीता रहेको थियो ।

 

बाजागाजा नाचगानसहित निकै नै रमाईलो अनि अर्थपूर्ण तरिकाले कार्यक्रम सम्पन्न भएको थियो ।स्थलमै आएर हाम्रो बिचारलाई साथ दिनुहुने AP news television अनि स्रष्टा जितेन्द्र रसिकलाई धेरै धेरै धन्यबाद ।
 

सोमबार ११ असार २०८० ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया