×

चीनमा कोरोनाको खतरनाक लहर आउन सक्छ - निर्देशक झोङ नानशान

images

काठमाडौं । चीनमा कोरोनाको लहर फेरि आउन सक्छ र यो लहर यति खतरनाक हुने अनुमान गरिएको छ कि आउँदो जुन महिनामा हरेक हप्ता साढे ६ लाख मानिस संक्रमणको चपेटामा पर्न सक्छन् ।

चीनको नेशनल क्लिनिकल रिसर्च सेन्टर फर रेस्पिरेटरी डिजिजका निर्देशक झोङ नानशानले यो दाबी गरेका हुन् । नानसानले जुनसम्म चीनमा हरेक हप्ता साढे ६ करोड मानिस कोरोनाको सिकार हुने दाबी गरेका छन् । मिडिया रिपोर्टका अनुसार चीनमा अप्रिल महिनादेखि फेरि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

कोरोनाको ओमिक्रोन भेरियन्ट एक्सबीबीलाई चीनमा कोरोना संक्रमण बढ्नुको कारण भनिएको छ । चीनको ग्वान्झाउ सहरमा आयोजित बायोटेक सम्मेलनलाई सम्बोधन गर्दै झोङ नानसानले यस्तो दाबी गरेका हुन् । उनले चीनमा मे महिनाको अन्त्यसम्ममा हरेक हप्ता चार करोड मानिस कोरोनाबाट प्रभावित हुने बताए । योसँगै असारसम्म यो संख्या साढे ६ करोड पुग्न सक्छ ।

चिनियाँ मिडियाका अनुसार एक्सबीबी ओमिक्रोनको बीए.२.७२ र बीजे.२ सब–भ्यारियन्टको हाइब्रिड हो। गत वर्षको सुरुमा चीनमा कोरोना महामारीले पूरै देशलाई आक्रान्त बनाएको थियो र त्यसबेला चीनमा हरेक दिन करिब ३ करोड ५० लाख कोरोना संक्रमित भेटिएका थिए ।

यसैबीच, कोरोनाको लहरलाई ध्यानमा राख्दै चीन सरकारले पनि उद्धारको तयारी सुरु गरेको छ । यसअन्तर्गत कोरोनाको एक्सबीबी भेरियन्ट विरुद्ध प्रभावकारी हुने नयाँ कोरोना भ्याक्सिन चीनमा प्रयोग गर्न अन्तिम स्वीकृति दिने तयारी भइरहेको छ । चीनको औषधि नियामकहरूले यी खोपहरूको प्रारम्भिक दुई चरणहरूलाई अनुमोदन गरिसकेका छन् र छिट्टै तेस्रो र चौंथो चरणका परीक्षणहरू पछि स्वीकृत गर्नेछन्। (एजेन्सी)

शुक्रबार​ १२ जेठ २०८० १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया